सोमबार, कात्तिक १९ गते २०८२

पहिलो काठमाडौं हरर फिल्म फेस्टिभल विश्वका चलचित्र, स्थानीय प्रतिभा र विशाल तालीबीच सम्पन्न

पहिलो काठमाडौं हरर फिल्म फेस्टिभल विश्वका चलचित्र, स्थानीय प्रतिभा र विशाल तालीबीच सम्पन्न

अखबार दैनिक
सोमबार, कात्तिक १९ २०८२
  • पहिलो काठमाडौं हरर फिल्म फेस्टिभल विश्वका चलचित्र, स्थानीय प्रतिभा र विशाल तालीबीच सम्पन्न

    काठमाडौं । पहिलोपटक आयोजना गरिएको काठमाडौं हरर फिल्म फेस्टिभल (KHFF) आइतबार साँझ कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा भव्य रूपमा सम्पन्न भयो। तीन दिन लामो यस उत्सवले विश्वका विभिन्न देशका चलचित्रकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको अद्भुत संगम प्रस्तुत गर्‍यो।


    नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित यो फेस्टिभलले हरर सिनेमालाई कला र संस्कृतिको अभिव्यक्ति स्वरूप प्रस्तुत गर्‍यो। रुस, इन्डोनेशिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्महरू समेटिएको यस कार्यक्रममा नेपाली सिनेमाको नयाँ अध्यायको सुरुवात भएको आयोजकले जनाए । प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उदेष्य रहेको बतायो । साथै यस उत्सवले त्यो लक्ष्यतर्फको ढोका खोलेको बताए ।

    WhatsApp Image 2025-11-02 at 15.18.11_d4c6c63f.jpg

    “शामन” बाट भव्य शुरुवात
    फेस्टिभलको उद्घाटन शामन रूसी फिल्मले गर्‍यो, जसले दर्शकलाई साइबेरियाली गाउँको रहस्यमय संसारमा डुबायो। निर्देशक मिखाइल मर्जलिकिनको निर्देशनमा बनेको यस फिल्मले आत्मा र मानव संसारबीचको सिमानालाई तोड्यो। उद्घाटन समारोहमा राजदूत, चलचित्रकर्मी र कला र संस्कृतीसँग सम्बन्ध राख्ने प्रतिनिधिहरू उपस्थित थिए, जसले यस पहललाई नेपाली सिनेमाको साहसी कदमको रूपमा प्रशंशा गरे।

    निर्माण देश: रुस
    निर्देशक: मिखाइल मर्जलिकिन
    कथासार: येनिसेई नदी किनारको गाउँमा एक शामन आत्मा र मानिसबीचको सन्तुलन कायम राख्छ। इच्छापूर्ति गर्न गाउँलेहरूले कहिलेकाहीँ निर्दयी संस्कार पार गर्नुपर्छ जसले उनीहरूको चाहना र मानवता दुवैको परीक्षा
    लिन्छ।
    Кадр 7.jpeg

    पहिलो दिन: भावनात्मक र मनोवैज्ञानिक डर
    फेस्टिभलको पहिलो दिन भावनात्मक र मनोवैज्ञानिक डरका उत्कृष्ट फिल्महरूले दर्शकलाई बाँध्यो। A Year of Marriage (मेक्सिको) — निर्देशक पाब्लो क्यामार्गो लोपेजले प्रेम र समयको दूरीलाई अनौठो रूपमा प्रस्तुत गरे। एउटा जोडीले बिहे उपहारमा पाएको प्राणीले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ। The Leopard (भारत) — निर्देशक मुक्ति कृष्णको यो फिल्मले मुम्बईको नयाँ बस्तीमा पसेको चित्ताको घटनाबाट बालकको डर र मानसिक अशान्तिलाई उजागर गर्छ।

    Labinak (इन्डोनेशिया) — निर्देशक अजहार किनोइ लुबिसको नरभक्षी (मानवकै भोग खाने) डर फिल्मले दर्शकलाई स्तब्ध बनायो। आफ्नी छोरीसहित नयाँ शहर पुगेकी शिक्षक नज्वा एउटा संस्थाको अन्धविश्वास र मानवीय भयबीच फस्छिन्। यो फिल्मले “सर्वश्रेष्ठ फीचर फिल्म” पुरस्कार जित्यो।

    Photo 1 Screenshot_2025-08-11_at_22.32.26 (1).jpg

    दोस्रो दिन: लोक कथा र महिलाको शक्ति
    दोस्रो दिन नेपाली मौलिक कथा र अन्तर्राष्ट्रिय सशक्त विषयको संगम देखियो। Khel (नेपाल) — निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठको यो फिल्ममा केही युवतीहरू पुरानो छात्रावास फर्केर अधुरो खेल पूरा गर्न खोज्छन् जहाँ डर र दोषको सामना गर्नुपर्छ। Down by the Riverside (नेपाल) — निर्देशक अनुस्का आनन्दाले प्रस्तुत गरेको मिनिमलिस्टिक तर गहिरो कथा, जसमा बुबाको साधारण दिन रहस्यमय यात्रामा परिणत हुन्छ। Bokshi (भारत) — निर्देशक भार्गव साइकियाको यो फिल्म मिथक, अन्धविश्वास र स्त्री शक्तिको सशक्त चित्रण
    हो। “ज्युरी स्पेसल अवार्ड” प्राप्त फिल्मको रूपमा यसले सबैको मन जित्यो।
    WhatsApp Image 2025-11-02 at 15.10.15_42216b3e.jpg

    तेस्रो दिनको भव्य समापन
    अन्तिम दिन The Ritual (नेपाल) र Foreigners Only (बंगलादेश) प्रदर्शित भए। The Ritual — निर्देशक बिशाल रोकामगरद्वारा निर्देशित यो फिल्म परम्पराको उल्लंघन गर्ने छोराको कथा हो, जसले परिवार र आत्मा संसारबीचको सम्बन्ध तोड्छ। Foreigners Only — निर्देशक नुहास हुमायुनको बंगलादेशी फिल्म, समाजमा हुने विभेद र मानव संघर्षको कथा हो। यस फिल्मका लागि हुमायुनले “सर्वोत्कृष्ट यूवा चलचित्र” पुरस्कार जिते

    Photo 4 Still_2025-10-12_200051_1.93.1.jpg

    पुरस्कार सूची
    सर्वश्रेष्ठ फीचर फिल्म: Labinak (इन्डोनेशिया)
    सर्वश्रेष्ठ छोटो फिल्म: A Year of Marriage (मेक्सिको)
    सर्वश्रेष्ठ युवा फिल्म फिल्म: Nuhash Humayun (Foreigners Only, बंगलादेश)
    ज्युरी स्पेसल अवार्ड: Bokshi (भारत)
    फोटो: [पुरस्कार समारोह]


    स्मरणीय फेस्टिभल तीन दिनमा २५ फिल्म प्रदर्शन भएका यस फेस्टिभलमा स्थानीय र अन्तर्राष्ट्रिय दर्शकहरूको उल्लेखनीय उपस्थिति रह्यो। आयोजकले जनाएअनुसार, दर्शक सहभागिता अपेक्षाभन्दा निकै बढी थियो। नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानले सबै प्रायोजक, चलचित्रकर्मी, स्वयंसेवक र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै अर्को संस्करणलाई अझ ठूलो र प्रभावशाली बनाउने प्रतिबद्धता जनाएको छ।

    WhatsApp Image 2025-11-02 at 15.12.57_b3430bd8.jpg

    अगाडि हेरौं: केएचएफएफ २०२६
    यस वर्षको सफलता पछि, आयोजकले “बिगर, बोल्डर, एन्ड डार्कर” मोटोसहित २०२६ संस्करणको तयारी सुरु गरिसकेका छन्। 

    WhatsApp Image 2025-11-02 at 18.46.23_cadc598c.jpgWhatsApp Image 2025-11-02 at 18.46.26_8bafa381.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ