बिहीबार , साउन २१ गते २०८३

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउँदै : प्रधानमन्त्री

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउँदै : प्रधानमन्त्री

अखबार दैनिक
बिहीबार , भदौ २५ २०७७
  • एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउँदै : प्रधानमन्त्री

    २५ भदौं काठमाण्डौं । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ।

    अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका हुन्।

    यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुन मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ थापाले भने।

    एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको हो। बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गरेका थिए।

    एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीको भनाइ छ।

    एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताएका छन्। नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार