बिहीबार , साउन २१ गते २०८३

‘के–फुड’ कार्यक्रम सम्पन्न

‘के–फुड’ कार्यक्रम सम्पन्न

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०८२
  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो ।नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो कार्यक्रमले कोरियाली खानामार्फत सहभागीहरुले कोरियाको सम्झनाहरू साट्ने अवसर पाएका थिए ।

    सो अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्वविद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरु परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले कोरियामा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सके सम्बन्धित व्यक्तिको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्नेछ भन्नुभयो ।

    कोरिया सरकारले नेपालमा रोजगारी सृजना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्यअनुसार यहाँका युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्दै आएको छ । गत अगष्ट महिनामा काठमाडौँमा आयोजना गरिएको के–फुड उद्यमशीलता तालिमको एक हिस्साको रुपमा ‘के–फुड’ कार्यक्रमलाई लिइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार