बिहीबार , साउन २१ गते २०८३

२४ गतेदेखि कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’

२४ गतेदेखि कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०८२
  • २४ गतेदेखि कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’

    काठमाडौँ । पछिल्लो समयमा रेखा थापालाई डेब्यु गराएको नाटक मीरा र लामो समयको अन्तरालपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक शिरीषको फूलको सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आफ्नो तेस्रो नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको छ ।

    मीरा र शिरीषको फूलको चर्चाका कारण पनि रङ्गमञ्च क्षेत्रमा कान्तिपुरले मञ्चन गर्न लागेको यो नयाँ नाटकप्रति धेरैको चासो देखिएको छ । दुवै नाटकका क्रममा थिएटरमा नयाँ दर्शक, चलचित्रकर्मी, कलाकार र पत्रकारहरूको राम्रो उपस्थिति रहेको थियो । कान्तिपुर थिएटरको सुरुवातसँगै रङ्गमञ्च अझ फराकिलो र व्यावसायिक बन्दै गएको रङकर्मीहरूको विश्वास छ ।

    यसपटकको नाटकमा कान्तिपुर थिएटरले चलचित्र र रङ्गमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपानेसँगै नव–अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्यलाई महारानीको जात्रा को मञ्चमा उतार्दैछ । लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रङ्गकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका छन् ।

    रेमश पुरीको निर्माणमा बन्ने यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायतका कलाकारहरू मञ्चमा देखिनेछन् । सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन् ।

    कात्तिक २४ (सोमबारदेखि) मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा  मञ्चन हुनेछ । नाटक हेर्नका लागि विद्यार्थी तथा रङ्गकर्मीहरूका लागि प्रवेश शुल्क रु ३००, र साधारण दर्शकका लागि रु ५०० तोकिएको थिएटरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार