आइतबार, कात्तिक २५ गते २०८२

गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो

गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो

अखबार दैनिक
आइतबार, कात्तिक २५ २०८२
  • गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो

    एजेन्सी । गाजा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले शनिबार इजरायल–हमास युद्धमा ६९ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको जानकारी दिएका हुन् ।

    यी तथ्याङ्कहरू इजरायल र हमासबिच युद्धविरामको अंशको रूपमा जारी गरिएको थियो । यस क्रममा दुई पक्षबिच शव आदानप्रदान गरिएको थियो । यी शवहरूमा इजरायली आक्रमणमा मारिएका प्यालेस्टिनीहरू र हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धकहरूको शव पनि समावेश छ । 

    इजरायलले शनिबार थप १५ प्यालेस्टिनीहरूको शव फिर्ता गरेको थियो । हमासले भने एक दिन अघि इजरायली बन्धकको शव इजरायललाई फिर्ता गर्‍यो ।इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, शव लियोर रुडेफको भएको थाहा  भएको छ । 

    यो आदानप्रदान युद्धविरामको प्रारम्भिक चरणको एक प्रमुख भाग हो, जसमा हमासले सबै बन्धकहरूको शव सकेसम्म चाँडो फिर्ता गर्नु पर्नेछ । तर हमाससँग अझै पनि ५ इजरायली बन्धकको शव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ