मंगलबार, कात्तिक २७ गते २०८२

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

अखबार दैनिक
मंगलबार, कात्तिक २७ २०८२
  • सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

    आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ।  तोलामा १०५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ