मंगलबार, कात्तिक २७ गते २०८२

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

अखबार दैनिक
मंगलबार, कात्तिक २७ २०८२
  • टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

    यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ ।

    आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै रु पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।

    पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ