बिहीबार , साउन २१ गते २०८३

विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

    २६ भदौं काठमाण्डौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ।

    ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई नि:शुल्क उपलब्ध गराउन लागेको हो।

    कोरोनाभाइरस महामारीले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको छ। इन्टरनेट पुगेका ठाउँमा अनलाइन कक्षा र इन्टरनेट पहुँच नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घर/घरसम्म पुगेर सिकाइलाई निरन्तरता दिइँदै आइएको छ।

    शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई नि:शुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

    ‘हामी इन्टरनेट प्रदायकहरूसँग छलफलमै छौं,’ शर्माले सेतोपाटीसँग भने, ‘असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा नि:शुल्क उपलब्ध गराउनेबारे निर्णयमा पुग्छौं।’

    मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा मन्त्रालयको भूमिमा इन्टरनेट नि:शुल्क उपलब्ध गराउने उल्लेख छ।

    यस्तै, एकीकृत शिक्षा पोर्टल निर्माण गर्ने र शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, भर्चुअल ल्याब लगायतका लागि मन्त्रालयले आवश्यक बजेटसमेत व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ।

    सेतोपाटिबाट

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार