बिहीबार , साउन २१ गते २०८३

एमसिसी अनुमोदन, परिमार्जन सहित पास गर्ने नेकपाको निर्णय

एमसिसी अनुमोदन, परिमार्जन सहित पास गर्ने नेकपाको निर्णय

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • एमसिसी अनुमोदन, परिमार्जन सहित पास गर्ने नेकपाको निर्णय

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

    शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संशोधनपछि पारित गर्ने निर्णय गरेको हो।

    यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर के-के विषय संशोधन गर्ने भन्ने छिट्टै निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    एमसिसीको हकमा यसलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पार्टीले निकालेको छ,’ प्रवक्ता श्रेष्ठले भने।

    खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसिसी पारित नगर्न सुझाव दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार