बिहीबार , साउन २१ गते २०८३

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०८२
  • लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

    लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गर्नुभएको छ ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२्र) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गर्नुभएकोे हो ।

    प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् । रासस

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार