मंगलबार, मंसिर ४ गते २०८२

एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८२
  • एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल विहान ११ः४५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

    आज दुवै टिम प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । पहिलो संस्करणमा यी दुवै टिम टप ४ मा पुगेका थिए । कर्णाली तेस्रो भयो भने चितवन चौथो स्थानमा चित्त बुझायो । चितवन पहिले जस्तै कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिदैछ भने कर्णाली सोमपाल कामीकै कप्तानीमा उत्रिदै छ । यसपटक चितवन र कर्णालीमा केही विदेशी खेलाडी र नेपाली खेलाडी फेरिएका थिए । चितवनमा स्वदेशी खेलाडी देव खनाल, अर्जुन साउद टिममा जोडिदा थप मजबुत बनेको छ भने यसपटक इङल्याण्डका डेविड मलान र सैफ जैब थपिएका छन् । यी दुईको आगमनले चितवनलाई थप बलियो बनाएको छ । सैफ पहिलो संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

    चितवनले रवि बोपारा र सोहेल तनभिरलाई पुनः अनुबन्ध गरेको छ भने एशोसियट खेलाडीमा मुम्बईबाट क्रिकेटमा उदाएका युगान्डाका खेलाडी अल्पेश रजमानी टिममा छन् । ब्याटिङ लाइन मजबुत देखिएको छ भने बलिङमा स्पिनमा केही कमजोर देखिन्छ । बलिङको मोर्चा तनभिर, रिजन ढकाल र कमल सिंह ऐरीले सम्हाल्ने छन् । स्पिनमा कप्तान कुशल मल्ल स्वंम नेतृत्व लिनुपर्ने देखिन्छ । युवा स्पिनर रञ्जित कुमारले कुशललाई साथ दिने छन् ।

    यस्तै पहिलो संस्करणमा भारतका स्टार खेलाडी शिखर धवनलाई अनुबन्ध गरेर चर्चामा आएको कर्णालीले यसपटक त्यस्तो चर्चित अनुहार ल्याएन । भारतबाटै खेलका पियांक पंचल र जय किशन कोल्सावालाई अनुबन्ध गरेको छ । कोल्साला गत संस्करणमा शिखर धवन चार खेल खेलेर फर्किएपछि कर्णालीमा जोडिएका थिए । उनी यसअघि नेपालमा हुने फ्रेन्चाईज लिगका चर्चित अनुहार समेत हुन् ।

    कर्णालीले अन्य विदेशी खेलाडीमा अफगानिस्तानका नजिबुल्लाह जर्दानलाई अनुबन्ध गरेर आफूलाई थप मजबुत बनाएको छ भने एशोसियट क्रिकेटका हस्तीहरु स्कटल्याण्डका मार्क वाट र नेदरल्याण्डका म्याक्स ओड र यसअघिको संस्करणमा खेलेका अष्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ । सोमपाल कामीको नेतृत्वमा मैदानमा उत्रिने कर्णालीसंग अलराउण्डर गुल्शन झा, नन्दन यादव, पवन सराफ, विपिन शर्मा, युवराज खत्रीलगायतका उत्कृष्ट खेलाडीहरु छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार