काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । सो क्रममा पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा प्रसाईँले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
