बिहीबार , साउन २१ गते २०८३

मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

अखबार दैनिक
मंगलबार, मंसिर २ २०८२
  • मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

    जनकपुर । नेकपा एमालेका समर्थक तथा कार्यकर्ताहरु जनकपुरधाममा धर्नामा बसेका छन् ।मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरु मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन् ।उनीहरुले संविधानको रक्षा गरौ, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन् ।

    मुख्यमन्त्री यादवले संविधानकै नियम टेकेर मुख्यमन्त्री बनेको र उनले काम गर्ने वातावरण पाउनुपर्छ भन्दै आफूहरु धर्नामा बसेको धर्नामा बसेका बलिराम यादवे बताए । उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धका सांसदहरुले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।

    उनले कर्मचारीलाई कुट्ने, राष्ट्रिय झन्डा फ्याल्ने कार्य गर्ने सात राजनीतिक दलका सांसदहरु राष्ट्रवादी नभएको बताए । उनले पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको सात दिनभन्दा बढी भइसकेपनि मुख्यमन्त्री निवास नछाडेकोमा आपत्ति व्यक्त गरे ।

    पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभा बैठकमै राजीनामा दिएपछि पूर्वप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले  नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन ।

    सो दिनदेखि जनमत पार्टी, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपालले मधेश प्रदेशमा विरोध गर्दै आइहरेका छन् ।मुख्यमन्त्री नियुक्तिलाई लिएर उनीहरुले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन् । अदालतको आदेश आजै आउने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार