बिहीबार , साउन २१ गते २०८३

एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना बनाउन स्थानीय तहसँग प्रस्ताव माग

एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना बनाउन स्थानीय तहसँग प्रस्ताव माग

अखबार दैनिक
सोमबार, भदौ २९ २०७७
  • एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना बनाउन स्थानीय तहसँग प्रस्ताव माग

    २९, भदौ, काठमाडौं । सरकारले देशभरका १३० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने कार्य अघि बढाएको छ ।

    प्र्रतिऔद्योगिक ग्राम ९२ लाख रुपैयाँ बजृट अनुदान दिनेगरी ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
    चालु आर्थिक वर्षका लागि १३० औद्योगिक ग्राम परियोजना अघि बढाउन एक अर्ब १९ करोड ६० लाख रुपैयाँ अनुदान दिईने मन्त्रालयले जनाएको छ ।

    अघिल्लो कार्यक्रममा नपरेका तर पूर्वसम्भाव्यता अध्ययन भएका गाउँपालिका तथा नगरपालिकाले चालु आवमा ग्राम स्थापनाका लागि प्रस्ताव पठाउन सक्ने मन्त्रालयले बताएको छ ।
    स्थानीय सरकारबाटै पूर्वाधार विकास गर्ने गरी पहिलो चरणमा घोषणा भएका ३२ औद्योगिक ग्रामका लागि हरेक स्थानीय तहलाई ९२ लाख रुपैयाँ अनुदान मन्त्रालयले सम्झौता गरिसकेको छ ।

    स्थानीय तहले आवश्यक पूर्वाधार निर्माण गर्ने र त्यहाँ निजी क्षेत्रलाई आकषिर्त गरी घरेलु लघु तथा उद्यम प्रवर्द्धन गर्ने सरकारको नीति छ ।

    सरकारी मापदण्डअनुसार औद्योगिक ग्रामका लागि हिमाली र दूर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाह न्यूनतम क्षेत्रफल तोकिएको छ । घना बस्तीबाट १ किलोमिटरको दूरीमा मात्र औद्यागिक ग्राम स्थापना गर्ने र २ सय मिटरको परिधिभित्र मानव बस्ती विकास गर्न नहुने मापदण्डमा उल्लेख छ ।

    स्थानीय तहलाई केन्ऽले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारहरुले पूर्वाधार विकासका कार्यक्रम संचालन गर्नेछन् ।

    त्यसअन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्युत प्रसारण, सम्भव भएसम्म वैकल्पिक उर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापन जस्ता पूर्वाधार औद्योगिक ग्राममा विकास गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार