काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य घटेको छ । आज बजार ४.९८ अंकले घटेर २५६१.०८ मा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब १० करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ७७ कम्पनकिो सेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
