काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ३ हजार ८ सय रुपैयाले घटेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
