गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर बाबुलु गिरी धरौटीमा रिहा भएका छन्। काडमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
उनले प्रेम सम्बन्धमा रहेको र आफ्ना केही कमीकमजोरीले गर्दा आत्मदाहको कारण आफू पनि भएको हुनसक्ने बयान दिएका छन्, उनको भनाइ उद्धृत गर्दै एसपी भट्टराईले जानकारी दिए। कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्। उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको हो।
