बिहीबार , साउन २१ गते २०८३

स्रोतमै फोहार व्यवस्थापन गर्न विद्यार्थीलाई उत्प्रेरणा जगाउँदै राप्ती अभियान

स्रोतमै फोहार व्यवस्थापन गर्न विद्यार्थीलाई उत्प्रेरणा जगाउँदै राप्ती अभियान

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०८२
  • स्रोतमै फोहार व्यवस्थापन गर्न विद्यार्थीलाई उत्प्रेरणा जगाउँदै राप्ती अभियान

    चितवनमा स्रोतमा फोहोर व्यवस्थापन गर्न विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरिएको छ । राप्ती सरसफाई अभियानले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर १४ मा सोमबार स्थानीय पाठ्यक्रम अन्तर्गत वातावरणीय सरसफाई सम्बन्धि प्रयोगात्मक सिकाइ आयोजना गरिएको हो ।

    नदी संरक्षण अभियानकर्मी अपिल घिमिरेले विद्यार्थीलाई फोहोर व्यवस्थापन, न्युनिकरण र स्रोतमै वर्गीकरण गर्ने बारे उत्प्रेरणा प्रदान गर्नुभएको थियो। करिब ९० मिटर स्कुलको कम्पाउण्ड वरिपरि सफागर्दा जंक फुड, सुर्ती जन्य फोहोरमैला, कपडा, प्लास्टिक,पेय पदार्थको बोतल लगायतका फोहर भेटिएका थिए । संकलन गरिएको फोहोरलार्इ विद्यालयको चौरमा विद्यार्थीहरु माझ राखेर कुहिने नकुहिने, बेच्न मिल्ने, पुन प्रयोग गर्न मिल्ने फोहोरबारे सिकाइ गराउनु भएको थियो।

    विद्यालयका प्राचार्य सुर्यराज बरालले स्थानीय पाठ्यक्रममा वातावरण सरसफाईको बारेमा पढाई भएपछि प्रयोगात्मक क्रियाकलापको लगि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।विद्यार्थीलाइ पार्क, नदी, पिकनिक जाँदा, यातायात को साधन चढ्दा, घरमा र कक्षामा पनि आफ्नो फोहोर आँफैले व्यवस्थापन गर्न सिकाइएको थियो। कार्यक्रममा सहायक प्रअ सुनिता पोख्रेल, शिक्षक प्रतिनिधि र तहगत इन्चार्ज सरस्वती सापकोटा, शिक्षक सीता पौडेलको सहजीकरण रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार