बिहीबार , साउन २१ गते २०८३

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

अखबार दैनिक
बिहीबार , मंसिर ११ २०८२
  • एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

    काठमाडौँ । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ, जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्। नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको छ।

    डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी 01 लाई नाडा मूल्यमा किन्न सक्नेछन्। साथै, प्रत्येक ग्राहकले नि:शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, र नि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने मौका पाउनेछन्।

    यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, नि:शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ।

    प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार