काठमाडौं । चलचित्र ‘काजी’को प्रदर्शन मिति तय भएको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि तय गरिएको हो । लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ चैत २७ गतेबाट प्रदर्शनमा आउनेछ । सार्वजनिक फर्स्ट लुकमा चलचित्रका मुख्य कलाकार विपीन कार्की छन् । उनलाई युवावयमा प्रस्तुत गरिएको छ । उनी केही सोचिरहेको जस्तो देखिन्छन् ।
पोस्टरमा केकी अधिकारी पनि छिन् । उनलाई विपीनसँग खाना खाइरहेको देखाइएको छ । पोस्टरले सिनेमाको जानरा पारिवारिक लभस्टोरी रहेको संकेत गरेको छ । विपीन र केकीसँगै चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायत कलाकारको अभिनय छ ।
रामप्रसाद रिजालले निर्माण रहेको चलचित्रमा प्रदीप भारद्धाजले लेखेका छन् । चलचित्रलाई चिन्तन राजभण्डारीले खिचेका छन् । सम्पादक विपीन मल्ल रहेको चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले छन् । निर्माता नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस