आइतबार, भदौ १४ गते २०८३

चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०८२
  • चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्।

    अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुईरदुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ। दिपक बोहोरा र रिजन ढकाललाई बेन्चमा राखेको छ। जनकपुरले अनिल शाह र सचिन भट्टलाई प्लेइङ ११ मा ल्याएको छ। ललित राजवंशी र किशोर महतोलाई बेन्चमा राखेको छ। जनकपुरका लागि सचिनले पहिलो खेल खेल्न लागेका हुन्।

    चितवन राइनोजः
    कुशल मल्ल, देव खनाल, अर्जुन साउद, सौगात ढकाल, अमरसिंह राउटेला, रञ्जित कुमार, कमल सिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

    जनकपुर बोल्ट्सको टोलीः
    आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन, सञ्जय कृष्णमूर्ति

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ