काठमाडौं । चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको बलले लागेर नेपाल प्रिमियर लिग (एनपीएल)की चियर लिडर घाइते भएकी छन् ।
टीयू क्रिकेट स्टेडियममा जनकपुरविरुद्ध ब्याटिङका क्रममा मल्लले प्रहार गरेको छक्काको बल सिधै साइडलाइनतिर गएर चियर लिडरलाई ठोक्किएको थियो । उक्त बल उनको नाकमा लागेर चोटिल भएकी छन् ।मल्लले २० औँ ओभरको चौथो बलमा रुपेश सिंहलाई ठूलो छक्का प्रहार गरेका थिए । चोटपछि उनी तुरुन्तै भुइँमा लडेकी थिइन् र पछि मेडिकल टोलीले स्ट्रेचरमार्फत बाहिर निकालेर अस्पताल लगेका छन् ।


प्रतिक्रिया दिनुहोस