बिहीबार , साउन २१ गते २०८३

ओलीका पावरफुल विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा

ओलीका पावरफुल विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा

अखबार दैनिक
बुधबार, भदौ ३१ २०७७
  • ओलीका पावरफुल विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा

    ३१ भदौं काठमाण्डौं । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका पावरफुल विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका हुन ।

    खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए प्रधानमन्त्री ओलीका विश्वासपात्र  खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए। 

    राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए।भने अव केपि ओली सरकारको एक मसिहा हुन सफल बनेका छन खतिवडा ।

    उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार