बिहीबार , साउन २१ गते २०८३

कांग्रेसका महामन्त्री कोइरालाको आईसीयूमा

कांग्रेसका महामन्त्री कोइरालाको आईसीयूमा

अखबार दैनिक
बुधबार, भदौ ३१ २०७७
  • कांग्रेसका महामन्त्री कोइरालाको आईसीयूमा

    ३१ भदौं , काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएको छ।

    कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका महामन्त्री काेइरालालाई मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

    ‘हिजो राती एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हाे, अहिले ज्वरो छैन,’ तिवारीले भने।

    उनका अनुसार अब चार–पाँच दिन अस्पतालमै राखेर उपचार जारी राखिनेछ।

    कोइरालाको उपचारमा ओम अस्पतालका डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमोद सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ।


    अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए।

    भदौ २३ गते कोरोना संक्रमणको पुष्टि भएदेखि नै महामन्त्री कोइराला होम आइसोलेसनमा रहँदै आएका थिए।

    0389454D-82BC-4811-B2F6-2C4928FEBCC2.jpeg

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार