बिहीबार , साउन २१ गते २०८३

बार्सिलोनाको मैत्रीपूर्ण खेलमा मेस्सीको दुई गोल

बार्सिलोनाको मैत्रीपूर्ण खेलमा मेस्सीको दुई गोल

अखबार दैनिक
बिहीबार , असोज १ २०७७
  • बार्सिलोनाको मैत्रीपूर्ण खेलमा मेस्सीको दुई गोल

    १ असोज, काठमाण्डौं । प्रि सिजन अन्तर्गत बुधबार राति जिरोनासँग भएको मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीले दोहोरो गोल गरेका छन।

    मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले जिरोनाविरुद्ध ३–१ गोलअन्तरले पराजित गर्यो।

    बार्सिलोनाबाट बाहिरिने इच्छा पूरा नभएपछि गत हप्तादेखि मेस्सी प्रशिक्षणमा फर्किएका थिए।

    बार्सिलोनाका लागि फिलिप्पे काउटिन्होले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

    ४५औं मिनेटमा मेस्सीले पहिलो गोल गरे। लगत्तै एक मिनेट नबित्दै श्यामुयल सुइजले जिरोनाबाट एक गोल फर्काएका थिए।

    ५१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए। बार्सिलोनाले भिल्ला रियलविरुद्ध २७ सेप्टेम्बरमा खेल्दै ला लिगाको सुरुवात गर्दैछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार