बिहीबार , साउन २१ गते २०८३

चिहानमा आराधना गरेर राजन्त्र फर्कँदैन : गोकुल बाँस्कोटा

चिहानमा आराधना गरेर राजन्त्र फर्कँदैन : गोकुल बाँस्कोटा

अखबार दैनिक
शुक्रबार, भदौ ६ २०७६
  • काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिहानमा आरधना गरेर राजतन्त्र नफर्किने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। मन्त्री बाँस्कोटाले अब राजतन्त्रको मुद्दा उठाएर कहीँ पनि पुग्न नसकिने प्रष्ट पारे। उनले राजतन्त्रको मुद्दा उठाउने दललाई ‘डाइनोसर’ संज्ञा दिए। ‘कहाँको राजा ? को राजा लावण्य देशको राजा ?’, मन्त्री बाँस्कोटाले भने, ‘राजतन्त्र एकादेशको कथा भयो। अब इतिहासमा नेपालको राजनीतिक विकास क्रममा राजालाई पढ्न पाइन्छ।’ मन्त्री बाँस्कोटाले राजा फर्कन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तै भएको बताए। ‘मरेको राजतन्त्रले अब फणा उठाउन सक्दैन’, उनले भने, ‘चिहानमा आरधना गरेर राजतन्त्र फर्कँदैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार