बिहीबार , साउन २१ गते २०८३

राज्यसत्ताको असफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने : विप्लव

राज्यसत्ताको असफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने : विप्लव

अखबार दैनिक
सोमबार, असोज ५ २०७७
  • राज्यसत्ताको असफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने : विप्लव

    ५ असोज,काठमाण्डौं । कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्ताको असफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन्।

    आइतबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले यस्तो बताएका हुन्। ‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यो असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो।’ 

    उनले राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक भएकोसमते बताएका छन्। विप्लवले यसका लागि आफ्नो पार्टी लागेको भन्दै सबैलाई यही दिशामा लाग्न आग्रहसमेत गरेका छन्। 

    2AC127FD-E339-41A8-BCD9-8FDE2A6A76FC.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार