बिहीबार , साउन २१ गते २०८३

कोभिड-१९ स्वयंसेवा (सिभिएस) विशुद्ध स्वयम् सेवी समुह हो : प्रवक्ता श्रेष्ठ

कोभिड-१९ स्वयंसेवा (सिभिएस) विशुद्ध स्वयम् सेवी समुह हो : प्रवक्ता श्रेष्ठ

अखबार दैनिक
मंगलबार, असोज ६ २०७७
  • कोभिड-१९ स्वयंसेवा (सिभिएस) विशुद्ध स्वयम् सेवी समुह हो  : प्रवक्ता श्रेष्ठ

    काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सचिवालय अन्तर्गत रहेको कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति कुनै राजनीति मोर्चा नभएको स्पष्ट पारेका छन् ।

    राजधानीको नागार्जुनमा मंगलवार आयोजित सिभिएसको अन्तर्किर्या कार्यक्रममा प्रवक्ता श्रेष्ठले यो विशुद्ध स्वयम् सेवा समूह भएको भन्दै यसमा हातेमालो गर्न समेत सबैमा आग्रह गरे ।

    सिभिएस सरकारको अभियानको सहयोगीको रुपमा काम गर्ने समूह हो भन्दै प्रवक्ता श्रेष्ठले यस अभियानलाई राजनीति अभियानको रुपमा नबुझ्न आग्रह गरे।

    ’समितिले कोभिड उपचारसम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्नुका साथै मनोसामाजिक परामर्श सेवा पनि दिनेछ’, प्रवक्ता श्रेष्ठले भने ।

    सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले यस्तो अभियान सुरु गरिएको उनले त्यस अबसरमा स्पष्ट पारे । ‘सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ’ श्रेष्ठले भने ।

    कोरोना सम्बन्धि कुनै समस्या परे तत्काल सिभिएस टिमका स्वयम् सेवीलाई सम्पर्क गर्ने समेत उनले सबैमा अपिल गरेका छन्। कोरोना संक्रमणका कारण समस्यामा परेकालाई सहजताको लागि सिभिएसले पहल गर्ने उनले बताए।

    कार्यक्रमकै बिचमा प्रवक्ता श्रेष्ठले स्थानीय जनताका समस्या बारे समेत जानकारी लिएका थिए। नागार्जुन-१ मा रहेको क्वारेन्टाइनको अबलोकन गर्दै उनले त्यहाँ देखिएको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्ता समेत व्यक्त गरेका छन्।

    गत भदौ २८ गते औपचरिक रुपमा घोषणा गरिएको उक्त समितिले कोभिड-१९ र त्यसले पारेको समस्याको समाधानमा सक्दो पहल गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार