आइतबार, भदौ १४ गते २०८३

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

अखबार दैनिक
सोमबार, पुस १४ २०८२
  • ‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

    गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पार्नुभएको हो ।

    गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको सङ्घका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिनुभयो ।

    त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो हुनुभएको छ । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

    त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार र सान्त्वनालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ