माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ । आइतबार आयोजित कार्यक्रममार्फत माया ग्रुपले दुई वर्षका लागि भएको जनाइएको छ । नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरीसहित भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू-१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन् ।





प्रतिक्रिया दिनुहोस