नेपाली राष्ट्रिय टिमकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) करिब एक वर्ष मैदानबाहिर हुने भएकी छन्। अस्ट्रेलियाको व्यवसायिक लिग खेलिरहेकी साम्बा, वेलिङ्टन फिनिक्स एफसीका लागि सिजनभर उपलब्ध नहुने पक्का भएको छ।
क्लबले केही दिनअघि सार्वजनिक गरेको जानकारी अनुसार, साम्बाको दायाँ घुँडाको एसीएलमा गम्भीर चोट पुष्टि भएको छ। एमआरआई परीक्षणले चोट गम्भीर रहेको देखाएको छ र उनलाई ९-१२ महिनासम्म मैदानबाहिर रहनुपर्ने क्लबले जनाएको छ।


प्रतिक्रिया दिनुहोस