आइतबार, भदौ १४ गते २०८३

वार्म अप खेलमा नेपाली महिला टिम आयरल्याण्डसँग पराजित

वार्म अप खेलमा नेपाली महिला टिम आयरल्याण्डसँग पराजित

अखबार दैनिक
बुधबार, पुस ३० २०८२
  • वार्म अप खेलमा नेपाली महिला टिम आयरल्याण्डसँग पराजित

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । 

    आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाली महिला टिमले १९ ओभरमा अल आउट हुदै १०१ बनाएको थियो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

    जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ