बिहीबार , साउन २१ गते २०८३

ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सको दोस्रो जित

ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सको दोस्रो जित

अखबार दैनिक
बिहीबार , असोज १५ २०७७
  • ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सको दोस्रो जित

    १५ असोज, काठमाण्डौ । ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हरायो ।

    दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

    मध्यम सुरुवात गरेको कोलकाताले ३६ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ८२ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ८९ रनमा तेस्रो विकेट खेर फालेको थियो ।

    उसको मध्यक्रमका खेलाडीविच राम्रो साझेदारी हुन सकेन । कोलकाताले एक सय ४९ रन हुँदा ५ विकेट गुमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार