आइतबार, भदौ १४ गते २०८३

तीन टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल

तीन टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल

अखबार दैनिक
आइतबार, फागुन ३ २०८२
  • तीन टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल

    काठमाडौं । फास्ट बलर सोमपाल कामी तीन आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । वेस्ट इन्डिजविरुद्धको खेलमा सोमपाललाई नेपालको प्लेइङ-११ मा परेसँगै उनले तीन पटक विश्वकप खेल्ने खेलाडी बनेका हुन् । मुम्बईस्थित वानखेडे स्टेडियममा केही समयमा सुरु हुने खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । 

    यसअघि इङ्ल्यान्ड र इटलीविरुद्धको खेलमा सोमपाललाई प्लेइङ-११ मा राखिएको थिएन । सोमपालले सन् २०१४ र सन् २०२४ को स्क्वाडमा रहेर नेपालको टी-२० विश्वकप प्रतिनिधित्व गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ