शुक्रबार, साउन २२ गते २०८३

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

अखबार दैनिक
मंगलबार, फागुन ५ २०८२
  • गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

    यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    एउटा मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक खटिने उहाँले बताउनुभयो ।

    जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।

    यहाँ सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ र सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन् ।

    यस्तै, लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन् । प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेका छन् ।

    गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता रहेका थिए । हालको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार