शुक्रबार, साउन २२ गते २०८३

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

अखबार दैनिक
बिहीबार , फागुन ७ २०८२
  • एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने प्रचारप्रसार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

    उनका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य एजेन्डाका रूपमा अघि सारिने छ । आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गर्ने एमालेको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार