शुक्रबार, साउन २२ गते २०८३

निर्वाचन रोक्ने प्रयास भइरहेका छन्ः ओली

निर्वाचन रोक्ने प्रयास भइरहेका छन्ः ओली

अखबार दैनिक
आइतबार, फागुन १० २०८२
  • निर्वाचन रोक्ने प्रयास भइरहेका छन्ः ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भइरहेपनि आफूहरू नअल्मलिकन विजयको तयारीमा लागेको बताएका छन्। आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले विजयको तयारीमा रहेको बताए। ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं,’ उनले भने।

    विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको उनले आरोप लगाए। उनले झन्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार