काठमाडौं । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन तथा परिमार्जन सहित), नियमावली २०७६ तथा नेपाली कांग्रेस गोरखा–काठमाडौं तदर्थ सम्पर्क समिति गठन कार्यविधि २०७६ बमोजिम रामशरण पन्थलाई नेपाली कांग्रेस गोरखा–काठमाडौं सम्पर्क समितिको संयोजकमा मनोनयन गरिएको छ।
सम्बन्धित निकायको निर्णयअनुसार उनलाई आगामी निर्वाचन गतिविधि प्रभावकारी रूपमा सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी दिइएको हो। समितिले निर्वाचनसम्बन्धी कार्यक्रमको योजना निर्माण, प्रचार–प्रसार व्यवस्थापन, कार्यकर्ता परिचालन तथा विभिन्न तहबीच समन्वय गर्ने कार्य गर्नेछ। समितिको गठनसँगै निर्वाचन तयारीलाई थप तीव्रता दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस