शुक्रबार, साउन २२ गते २०८३

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने

अखबार दैनिक
बिहीबार , फागुन १४ २०८२
  • सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।

    आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उहाँले भन्नुभयो, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।”

    आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उहाँले बताउनुभयो । लामिछानेले आजै सदरमुकाम र पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार