शुक्रबार, साउन २२ गते २०८३

पर्सा-२ र सिरहा-३ का उम्मेदवार चुनावको अघिल्लो दिन पक्राउ

पर्सा-२ र सिरहा-३ का उम्मेदवार चुनावको अघिल्लो दिन पक्राउ

अखबार दैनिक
बुधबार, फागुन २० २०८२
  • पर्सा-२ र सिरहा-३ का उम्मेदवार चुनावको अघिल्लो दिन पक्राउ

    काठमाडौं । प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो

    प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतका अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

    त्यसैगरी, प्रहरीले मौनअवधिमा रकमसहित हिँड्दै गरेका सिरह–३ का उम्मेदवार यादवलाई पनि नियन्त्रणमा लिएको हो। सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्करपियोमा चार लाख ८७ हजार रुपियाँसहित यादव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उम्मेदवार यादवसँगै प्र। २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीका सवार पाँच जनासमेत पक्राउ परेका छन् । प्रहरीले उनको गाडीबाट अन्य शंकास्पद सामग्रीसमेत फेला पारेको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार