शुक्रबार, साउन २२ गते २०८३

सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

अखबार दैनिक
बुधबार, फागुन २० २०८२
  • सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

    सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ ।

    पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए । न्युज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार