शुक्रबार, साउन २२ गते २०८३

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने– फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने– फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने– फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ

    काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय केन्द्रबाट मतदान  गरेका छन् ।  

    मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागि हुन आह्वान गरे ।

    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताए । उनले फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी र अठोट रहेको पनि बताए । 


    आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार