कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन।हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो।

प्रतिक्रिया दिनुहोस