प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ ९करिब १८ प्रतिशत० मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस