शुक्रबार, साउन २२ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनु भएन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनु भएन

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनु भएन

    राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उहाँहरुले मतदान नगर्नुभएको बताइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो ।

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुनु भएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो । उहाँले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो । रासस

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार