शुक्रबार, साउन २२ गते २०८३

दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

    दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ । बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।

    बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए । नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ, नेकपाका नेता अर्जुन योगी लगायतले मतपत्रको ठेली बोकेर हिँडेका थिए ।

    उनीहरू माथि मुद्दा चलाउने तयारी भएको छ । नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको बुझिएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिना सर्त छाड्न माग गरेको छ । न्युज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार