शुक्रबार, साउन २२ गते २०८३

छिटपुट बाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

छिटपुट बाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • छिटपुट बाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन्। बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन् । उनकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।

    दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरु र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताए । उनले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार