जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा १ हजार ४५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १४५८ मतान्तरले पछाडि छन्। त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २८१ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस