शुक्रबार, साउन २२ गते २०८३

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो  भएका छन् ।

    २०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार