शुक्रबार, साउन २२ गते २०८३

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छुः नेकपाका संयोजक दाहाल

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छुः नेकपाका संयोजक दाहाल

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छुः नेकपाका संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उहाँले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो, “त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।” उहाँले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गर्नुभएको छ ।

    “इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,” संयोजक दाहालले भन्नुभयो, “तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उहाँको थियो ।

    रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठूलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उहाँले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताउनुभयो । जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार